फोरम नेता राउत प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा नियुक्त

प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा मधेसी जनअधिकार फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउत नियुक्त भएका छन् ।राजपासमेत बहुमत सदस्यको समर्थनमा राउतले दाबी पेश गरेपछि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश २ मा राजपा र फोरमसँग बहुमत छ । १०७ सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ सांसद छन् । जुन सामान्य बहुमत हो ।

चुनावमा पनि मिलेर साझा उम्मेदवारी दिएका यी दुई दलले मिलेरै सरकार बनाउन लागेका हुन् । फोरमले मुख्यमन्त्री पाएपछि राजपाले सभामुख पाउने गरी सहमति भइसकेको छ । राउतको शपथ ग्रहण भने बिहीबार हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार