https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

एमाले माओवादीको पार्टी एकता घोषणा आजै हुने सम्भावना

ललितपुरको मानभवनमा केही समयअघि सकिएको बैठकले सकभर बुधबार नै पार्टी एकताको घोषणा गर्ने तयारी गरेको एमालेका एक नेताले उज्यालोलाई जानकारी दिए । दुर्ई नेताबीच सहमति बनिसकेको र त्यो सहमतिलाई दुई पार्टीबाट अनुमोदन गराउने काम मात्रै बाँकी रहेको पनि ती नेताले जानकारी दिएका छन् ।

यसैबीच एमालेको स्थायी कमिटीको आकस्मिक बैठक केही समयमा बस्दैछ । प्रचण्ड र ओलीबीच छलफल भैरहेकै ठाउँमा एमालेको स्थायी कमिटिको आकस्मिक बैठक बस्न लागेको हो । बैठकले दुई अध्यक्षबीच भएको सहमतिका बारेमा छलफल गरेर त्यसलाई अनुमोदन गर्ने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । एमालेको स्थायी कमिटिको बैठकपछि बुधबार नै एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बस्दैछ ।

यसअघि भएका एक्ला एक्लै छलफलमा दुवैले सहअध्यक्ष लिनेगरी पार्टी एकता गर्ने सहमति भएको थियो । यो सहमतिलाई अन्तिम रुप दिन बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार