​डिभिजन टू नेपालले पायो १९५ रनको विजयी लक्ष्य, जित्ने मनोवलका साथ नेपाल

डिभिजन टू अन्तरगतको क्यानडाविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १९५ रनको लक्ष्य दिएको छ ।

क्यानडाका लागि सर्वाधिक श्रिमन्थ विजेरत्नेले १०३ रनको योगदान दिए । उनले १५२ बलमा ८ चौकासहित नटआउट १०३ रन बनाए । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी भएका छन् । त्यस्तै सतसिमरन्जित ढिन्ड्साले नटआउट १८ रन बनाए ।

डिलिअन हेलिगरले चार बलको सामना गरे पनि उनले रन बनाउन सकेनन् । उनलाई वसन्त रेग्मीले आउट गरेका हुन् । त्यस्तै वसन्त रेग्मीको बलमा एन दत्त शून्यमै आउट भएका हुन् ।

शरद भेषावकरले साद बिन जफरलाई क्यानडाको छैटौँ विकेटका रुपमा एलबीडब्लू आउट गराएका हुन् । जफरले १९ बलमा १० रन बनाए । यस्तै क्यानडाको पाँचौ विकेट करण केसीले लिएका हुन् । हम्जा तारिक करण केसीको बलमा आरिफ शेखबाट क्याचआउट भएका हुन् । उनले ३० बलमा २ छक्काको मद्धतले २४ रन बनाएका थिए ।

वसन्त रेग्मीले धालिवालको विकेट लिँदै क्यानडाको चौथो विकेट झारेका हुन् । उनलाई वसन्तको बलमा विकेटकिपर दिलिप नाथले स्टम्पआउट गरेका हुन् ।प्रतियोगितामा सर्वाधिक विकेट लिएका सन्दीप लामिछानेले क्यानडाको तेस्रो विकेट लिएका हुन् । उनले डिएन पथिरानालाई दुई रनमै पेभेलियन फर्काइदिएका हुन् ।

यसअघि सन्दीपले क्यानडाका नितिश कुमारलाई ५ रनमै आउट गरेका थिए । उनलाई सन्दीपको बलमा ज्ञानेन्द्र मल्लले क्याचआउट गरेका हुन् । सन्दीपले यो प्रतियोगितामा नै उत्कृष्ट बलिङ गरेका छन् ।

त्यस्तै, क्यानडाको पहिलो विकेटका रुपमा वसन्त रेग्मीको बलमा रोहित पौडेलले आर गुनासेकरालाई क्याचआउट गरेका हुन् । उनी २४ बलमा ९ रन बनाउँदै आउट भएका हुन् ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले २, वसन्त रेग्मीले ३ र शरद भेषावकर तथा करण केसीले १–१ विकेट लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार