जोय पपैया सन्को ब्राण्ड एम्वेसडरमा अदिती बुढाथोकी

“जोय” कम्पनीको उत्कृष्ट उत्पादन जोय पपैया सन् डेल्ली नोर्सिङ सनस्क्रमले आफ्नो ब्राण्ड एम्वेस्डरको रुपमा नेपाल तथा भारतकी चर्चित मोडल तथा नायिका अदिती बुढाथोकीलाई ब्राण्ड एम्वेसडरको रुपमा घोषणा गरेको छ ।

मिति २०७४ फाल्गुण ३ गते एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त घोषणा सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा नेपालको लागि जोय कम्पनीका एकमात्र अधिकृत विक्रेता एस.एम. इन्टरप्राईजेजका डाइरेक्टर मनिकर्ण केशी र नायिका अदिती बुढाथोकीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको थियो ।

ब्राण्ड एम्वेसडर बुढाथोकीले पपैयासनमा रहेको पपैयाको पोषणले त्वचालाई सूर्यको हानिकारक विकिरणबाट जोगाई त्वचामा स्वस्थता प्रदान गर्दै त्वचालाई चम्किलो बनाउने हुनाले मैले धेरै वर्षदेखि पपैया सन प्रयोग गर्दै आएकी र सबै नेपाली महिला तथा पुरुषहरुलाई पनि प्रयोग गर्न सल्लाह दिन्छु भन्ने आसय व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार