https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

प्रधानमन्त्री ओलीले लिए सपथ, मन्त्रिपरिषद गठन, लालबाबु र थममाया परे पहिलो नम्बरमा

काठमाडौं, ३ फागुन – नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा सपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा ओलीले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । भण्डारीले बिहीबार विहान मात्र ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् ।  समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालगायतको सहभागिता थियो ।

माओवादीबाट सरकारमा जाने मन्त्रीको टुङगो नलागेकाले  प्रधानमन्त्री ओलीले एमालेबाटै दुईजनालाई मन्त्री नियुक्त गरेर पहिलो चरणको मन्त्रिपरिषद विस्तार गरे । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताका शपथ लिएसँगै ओलीले  मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार