काठमाडौंको बजारमा शुक्रबार काउली किलोमा १० देखि १२ रुपैयाँले सस्तिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार काउलीको आयात बढ्दा भाउ घटेको हो ।
थोक बजारमा बिहीबार किलोको ४५ देखि ५० रुपैयाँमा कारोबार भएको काउली शुक्रबार ३२ देखि ३५ रुपैयाँ थोक मूल्य छ । यस्तै बजारमा भिन्डी भने महंगो भएको छ । भिन्डी किलोको एक सय रुपैयाँ थोक मूल्य छ ।
यस्तै करेला किलोको ८० रुपैयाँ, घिउसिमी ८० देखि ९० रुपैयाँ, मटरकोसा ४५ देखि ५० रुपैयाँ, हरियो कटर ७५ देखि ८० रुपैयाँ, गोलभेडा ३० रुपैयाँ, ब्रो काउली ४० रुपैयाँ, भेडे खुर्सानी ७० देखि ७२ रुपैयाँ, मुला २२ देखि २५ रुपैयाँ, हरियो फर्सी ३५ देखि ४० रुपैयाँ, पाकेको फर्सी १८ देखि २० रुपैयाँ, लौका ४५ देखि ५० रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ ।
कालिमाटी थोक बजारमा आलु प्याजको भाउमा भने कुनै हेरफेर भएको छैन् । भारतीय आलु किलोको १५ देखि १६ रुपैयाँ र नेपाली आलु किलोको २० रुपैयाँ थोक मूल्य छ । एक हप्ता अघि घटेको प्याजको मूल्य त्यस पछि भने घटेको छैन । प्याज आज किलोको ४८ देखि ५० रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ ।