प्रहरीले नभेटेका सिलवाल बालुवाटारमा

कीर्ते मुद्दामा प्रहरीले नभेटेका एमाले सांसद तथा पूर्वडिआईजी नवराज सिलवाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। एमाले नेताकै गाडीमा चढेर उनी बालुवाटर पुगेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनी सोमबार साँझ बालुवाटार पुगेका हुन्।

आईजिपी बढुवासम्बन्धि मुद्दामा उनले कार्यसम्पादन मूल्याङकन कीर्ते गरेर अदालतमा पेश गरेको आरोप लाग्दै आएको छ। केही महिनायता सोही मुद्दाका कारण भूमिगत थिए।
नयाँ सरकार बनेलगत्तै उनी सार्वजनिक भएका हुन्। सिलवालले राजनीतिक प्रतिशोधका आधारमा आफुविरुद्ध मुद्दा दायर गरिएको दाबी गर्दै आएका छन्।

काठमाडौं प्रहरीले उनीविरुद्धको मुद्दा सरकारी वकिल कार्यालयमा पुर्याएको छ। सरकारी वकिल कार्यालयले मुद्दा प्रक्रिया रोकेको छ। प्रहरीले फरार अभियुक्तका रुपमा उनीविरुद्ध मुद्दा अघि बढाएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार