राष्ट्रपतिको भूमिकामाथि कांग्रेसले उठायो यस्तो प्रश्न

नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएको छ ।

राष्ट्रियसभा सदस्य मनोनयनको विषयलाई लिएर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति भण्डारीको भूमिकाप्रति प्रश्न उठाएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा सिफारिस गरेका सदस्यको मनोनयन रोकेर ओली सरकारले सिफारिस गरेका नाम अनुमोदन गरेकोप्रति कांग्रेस पवक्ताले आपत्ति जनाए ।

प्रवक्ता शर्माले वर्तमान ओली सरकारले संवैधानिक प्रक्रिया नै मिचेर गरेको निर्णयलाई राष्ट्रपतिले अनुमोदन गरेको बताए । ‘अघिल्लो सरकारले पेश गरेको विधेयक अड्काउनेदेखि सिफारिस रोक्ने कार्य राष्ट्रपतिबाट भयो,’ शनिवार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, ‘तर यो सरकारले संवैधानिक प्रक्रिया मिचेर गरेको निर्णय समेत अनुमोदन गरिएपछि राष्ट्रपति निष्पक्ष नभएको पृष्टि हुन्छ ।’

भण्डारीले राष्ट्रपति भन्दापनि एमालेको नेताको जस्तो व्यवहार गरेको शर्माको आरोप थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार