मनोज पुनसहित दुई जना गुण्डानाइकेको प्रहरी इन्काउन्टमा मृत्यु

गुण्डा नाइकेका रुपमा चिनिएका मनोज पुनसहित दुई जनाको मंगलबार राति रुपन्देहीमा प्रहरी कारवाहीमा ज्यान गएको छ ।

रुपन्देहीको देवदह–४, भवानीपुरमा आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर पुन र उनका सहयोगी सोम आलेको ज्यान गएको हो ।

पुनकाे टाेलीले प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाहीमा गरेको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताउनुभयो । प्रहरीको गोली लागेर घाइते भएका दुवै जनाको लुम्बिनी अञ्चल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा संघकै कार्यकर्ता वसन्त पौडेल बलुको हत्या गरेको आरोपमा झण्डै डेढ वर्षदेखि उनीहरु प्रहरीको खोजी सूचीमा थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार