गगनलाई बदनाम गराउन को लागीरहेको छ ? बाम गठबन्धमा प्रवेशको समाचार निराधार हल्ला मात्र

नेपाली कांग्रेसका युवा नेता एबम काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा सदस्य गगन थापाले विभिन्न संचार माध्यममा उनि बाम गठबन्धनमा प्रवेस गर्न लागेको भनि प्रकासित समाचार प्रति आपत्ति प्रकट गरेका छन ।

यस प्रसंगमा कपन अनलाइन संग संक्षिप्त कुराकानी गर्दै थापाले यस्ता किसिमका भ्रामक समाचारको शृंखला प्रति आफु अभ्यस्त रहेको तर यसले आम पाठक र जनतालाई भ्रममा पार्ने गरेको बताए ।

थापाले सस्तो लोकप्रियता र पाठक दर्शक बढाउन प्रकाशन गरिने यस्ता गलत समाचारले पत्रकारिता क्षेत्रको विश्वसनीयता प्रति नै शंका उत्पन्न गरेको भन्दै तथ्यमा आधारित स्वस्थ पत्रकारिता गरिनु पर्ने बताए ।

पछिल्लो चरणमा पत्रकारिताको नाममा निकै गैर जिम्मेवारी पूर्ण कार्य हुने गरेको भन्दै यसले पत्रकारिता जगतको गुण स्तरमा नै प्रश्न उब्जाउने भन्दै यस्ता समाचार र कुराहरुलाई जनताले पत्याउदा त्यस्ता गलत कार्य गर्ने हरुलाई प्रोहोत्साहित गर्ने भन्दै आम पाठकले आफुलाई मुर्ख बनाएको बुझ्नुपर्ने थापाले बताए।

आफु पटक पटक यस्ता गलत कुराहरुको शिकार बनेको भन्दै समाचारको गुणस्तर र त्यसको गाम्भीर्यता जनता र पाठकले बुझ्नुपर्ने बताए । आफु निरन्तर नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेको भन्दै बजारमा चलेका निराधार हल्लाहरुको पछाडी लगेर कोहि झुक्किनु नपर्ने थापाले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार