काठमाडौं – पछिल्लो समय युवा युवतीहरुमा हस्तमैथुनलाई लिएर धेरै भ्रमहरु रहेका छन । हस्तमैथुनका सन्र्दभमा विश्वका धेरै मानिस भ्रममा रहेका छन, कसैले हस्तमैथुनलाई यौन आनन्दको राम्रो विकल्प मान्छन भने कतिपयले नियमित जसो गर्ने हस्तमैथुनलाई कुलतको रुपमा पनि परिभाषित गर्छन् ।
हस्तमैथुनका सम्बन्धमा जस्ले जे भने पनि उमेर पुगेका हरेक युवा तथा युवती यो कार्यमा सक्रिय रहेका हुन्छन । विज्ञान भने हस्तमैथुन स्वास्थ्यको लागि राम्रो भएको बताउँछ । वास्तवमा हस्तमैथुन के हो त । विज्ञानले हस्तमैथुनका सम्बन्धमा के भन्छ ?
के हो त हस्तमैथुन ?
आफूलाई आनन्दित पार्नको लागि तपाई आफ्नो गोप्य अंग छुनुहुन्छ या चलाउनु हुन्छ र आनन्दित हुनुहुन्छ भने यसलाई हस्तमैथुन मान्न सकिन्छ । हस्तमैथुनको समयमा मानिसले आफ्नो त्यो रमाइलो पलको याद गर्छ र सो को बारेमा सोच्दछ । हस्तमैथुनले यौन आनन्द प्रदान गर्दछ ।
के हस्तमैथुन कुलत हो त ?
पक्कै होइन । हस्तमैथुन कुलत हुँदै होइन । मानिसलाई आनन्दित बनाउने यो प्रकृतिक विधि हो । हस्तमैथुनले तपाई आफँैले आफैलाई खुशी दिन सक्नुहुन्छ । हस्तमैथुन व्यक्तिको निजी विषय हो । तर सार्वजनिक स्थानमा यो कार्य गर्नु कानुनी तवरबाट गलत हो ।
हस्तमैथुन केटा र केटी दुवैले गर्न सक्छन् । केटाहरुमा सत्र वर्ष पछि अझ हस्तमैथुन गर्ने तिव्र इच्छा जाग्छ । महिला पनि आफ्नो रजस्वला पछि यौन तृष्णा पूरा गर्नको लागि हस्तमैथुन गर्ने गर्दछन् । वास्तवमा महिला भन्दा हस्तमैथुनमा पुरुष नै बढी सक्रिय हुने गरेको पाइन्छ ।
के हस्तमैथुन स्वास्थ्यका लागि हानीकारक छ ?
हस्तमैथुन स्वास्थ्यका लागि हानीकारक छैन । यो आफूलाई आनन्दित बनाउने एउटा उत्तम र सरल तरिका हो । यसले आफूलाई अत्यन्तै खुसिको महसुश गराउँछ ।
हस्तमैथुनले तपाइको कुनै पनि शारिरिक विकासलाई रोक्दैन । नत बदनामै गराउँछ । हस्तमैथुनले तपाईको तनाव कम गदर्छ । साथै शरिरका विभिन्न हार्मोनलाई सक्रिय बनाउँछ ।
तपाईमा निन्द्रा नपर्ने समस्या रहेको छ भने हस्तमैथुन राम्रो विकल्प हुनसक्छ । हस्तमैथुनले तपाईको गोप्य अंगलाई सक्रिय रहनका लागि पनि सहयोग गर्दछ । हस्तमैथुनलाई सेक्सको आनन्द लिने उत्तम विकल्पको रुपमा लिन सकिन्छ ।
के हस्तमैथुनको लागि सेक्स टोय प्रयोग गर्नु उचित हुन्छ ?
युवतीहरु हस्तमैथुनको बेला आफ्नो गोप्य अंगमा केहिको प्रयोग गर्दछन । जसलाई सेक्स टोय पनि भन्न सकिन्छ । यो विधि त्यति बेला सही हुन्छ जति बेला त्यो विधिले तपाई हानी गर्दैन ।
यो कुराको निश्चित गर्नुहोस कि तपाईले प्रयोग गरेको सामाग्री तपाई सही रुपमा प्रयोग गर्दै हुनुहुन्छ । कतिपय वस्तु स्वास्थ्यको लागि हानिकारक समेत हुने गर्दछ । त्यस्ता बस्तुको प्रयोग गर्नु हुँदैन ।