मन्त्री लालबाबुको कमाल नियम मिच्नेलाई एक लाख जरिवाना

जनसंख्या तथा वतावरण मन्त्री लालबालु पण्डितले वातावरणीय प्रभाव मूल्यांकन नगरी होटल निर्माण र सेवा विस्तार गरेको भन्दै विभिन्न होटल र अस्पताललाई कारबाही गर्ने निर्णय गरेका छन् ।

मन्त्रालयमा बसेको बैठकले सोल्टी सिटी अपार्टमेन्ट रवीभवनले वातावरणीय प्रभाव मूल्यांकन –इआइए)नगरी होटल निर्माण गरेकोले एकलाख जरिवाना तिराउने निर्णय गरेको छ । त्यस्तै द्वारिका होटल गौशालाले इआईए नगरि क्षमता विस्तार गरेको भन्दै उसलाई पनि एक लाख जरिवाना तिराउने निर्णय गरेको मन्त्री पण्डितका स्वकिय सचिव वसिम आलमले जानकारी दिए ।

बैठकले सिद्धि होटल रविभवन, काठमाडौं गेष्टहाउस ठमेललगायतलाई पनि एक एकलाख जरिवाना तिराउने निर्णय गरेको छ ।

त्यस्तै अस्पताल तर्फ काठमाडौं मोडेल अस्पताल वागबजार, काठमाडौं अस्पताल त्रिपुरेश्वर, नेपाल नेशनल हस्पिटल कलंकी, अन्तराष्ट्रिय मैत्री वाल अस्पताललाई समेत इआईए नगरेको भन्दै आवश्यक कारवाही गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको छ ।

अरनिको आबुखैरेनी सिमेन्ट, काठमाडौं दुग्धवितरण आयोजना बालाजुलगायतलाई वातावरणीय मूल्यांकन नगरेको भन्दै ५० हजार जरिवाना तिराउने निर्णय बैठकले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार