न्युयोर्क – लामो समयदेखि अमेरीकालाई कर्मभुमि बनाउँदै आउनुभएका सामाजिक अगुवा मोहन ज्ञवालीको अध्यक्षतामा न्युयोर्कमा पहिलोपटक गठन भएको हिमालयन डेमोक्रेटिक क्लवले आप्फना गतिविधिलाई तिब्र पारेको छ ।
न्युयोर्क राज्यका लागि सिनेटरकी उम्मेदवार जेसिका रामोसको चुनावी अभियानलाई निकट रहेर सहयोग पु¥याउने उद्देश्यले यहि फेब्रुअरी २२ बिहिवार आयोजित कार्यक्रममा अध्यक्ष ज्ञवालीले आप्रवासीमध्ये पनि दक्षिण एशियाली समुदायको बाहुल्यता रहेको क्विन्समा आप्रवासी मुलकै अनुभवी र जुझारु नेतृ जेसिका रामोस पाउनु नै सुखद रहेको उल्लेख गर्नुभयो ।
आउँदो सेप्टेम्वरमा हुने निर्वाचनलाई मध्यनजर गर्दै सिनेटरकी उम्मेदवार रामोसले आफनो चुनावी क्षेत्र क्विन्सको ज्याक्सन हाइट्स, कोरोना, उडसाइड र पुर्वी सनीसाइडका नेपाली लगायत अन्य आप्रवासी समुदायसंगको भेटघाटलाई तिब्रता दिइरहेको बताएकी थिईन् ।
सिनेटर जेसिका रामोससंग हिमालयन डेमोक्रेटिक क्लवका अध्यक्ष मोहन ज्ञवालीले समग्रमा आप्रवासी नीति, अध्यागमन कानून र बिद्यमान असहजतालाई हल गर्नतर्फ पहल गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा क्लवका सल्लाहकार डाइनामिक लिडर डा. तारा निरौला, डिस्ट्रिक लिडर नवराज केसी, उपाध्यक्ष ज्ञानल थापा, सचिव संजिता कोइराला, डाइनामिक लिडर सहकुल खत्री, एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी, सामाजिक व्यक्तित्वद्धय खाम भट्ट र गोपी ढुंगाना तथा पत्रकार अकुर लुइटेलको सहभागिता रहेको थियो ।
नेपालीहरुको अगुवाइमा स्थापित हिमालयन डेमोक्रेटिक क्लवका उद्देश्य र योजनाबारे अति नै चाखपूर्वक जानकारी लिएकी सिनेटर उम्मेदवार रामोससमक्ष क्लवका उपाध्यक्ष ज्ञानल थापाले हिमालयन डेमोक्रेटिक मुलधारको राजनीतिमा प्रवेश गरेको औल्याउँदै आगामी दिनमा निरन्तर विभिन्न समुदायका हक अधिकार सुनिश्चित गर्ने कार्यमा अग्रसर भइरहने प्रस्ट पार्नुभयो ।
त्यस्तै सल्लाहकार डा. निरौलाले विजयको अग्रिम शुभकामना दिनुहुँदै आप्रवासी तथा शरणार्थीका सवाललाई सबैको साझा प्रयासबाट निरुपण गर्न आग्रह गर्नुभयो ।
यस्तै, डिस्ट्रिक लिडर नवराज केसीले अग्रगामी योजना, डाइनामिक लिडर सहकुल खत्रीले सामाजिक संघ संस्थाहरुसंगको सहकार्यमा जोड दिनुभएको थियो भने एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले पैदल अमेरीका भित्रिएका आप्रवासीलाई अदालतबाट सिधै डिपोर्ट गर्ने कार्यलाई रोक्न तिब्र पहल गर्नुभएको थियो ।
अन्य सहभागिले समेत समसामयिक जिज्ञासा राखेको उक्त कार्यक्रममा हिमालयन डेमोक्रेटिक क्लवको उदार र फराकिलो सोच सुनेर रामोस उत्साहित बनेकी थिइन । समसामयिक र सौहार्दपूर्ण उक्त कार्यक्रमको अन्तमा उनले गर्वका साथ भनिन–म खुशी छु, यहाँहरुको समस्या हामी सबैको साझा समस्या हो यसर्थ म नेपाली लगायत अन्य समुदायसंय मिलेर काम गर्न अत्यन्त उत्साहित छु ।