रेशम चौधरीद्धारा आत्म सर्मपण

टिकापुर घटनाका आरोपी रेशमलाल चौधरीले शोमवार जिल्ला अदालत कैलालीमा आत्म सर्मपण गरेका छन् । उनले अदालत सामु आत्म सर्मपण गरेका हुन । टिकापुर घटनाका आरोपी रेशम चौधरी प्रहरीको फरास सूचीमा रहेका थिए । मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधीसभा निर्वाचनमा कैलाली जिल्लाको क्षेत्र नं १ बाट राजपाका तर्फबाट वारेसनामा मार्फत उम्मेदवारी दिएका थिए ।

प्रतिनिधीसभामा भारी मतान्तरले निर्वाचित भएका थिए । कैलाली क्षेत्र नं १ थारु बाहुल्य क्षेत्र हो । प्रहरीको फरार सूचीमा भएपनि रेशम लाल चौधरीले लुकीछिपी चुनावको प्रचार प्रशार गरेका थिए ।

चौधरीले पूर्वानुमान विपरित वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजारको फराकिलो अन्तरले हराएका थिए । चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत मात्र प्राप्त गरेकी थिईन । चौधरी र शाहबीचको मतअन्तर २० हजार ९३५ रहेको थियो । कांग्रेसकी उम्मेदवार इश्वरी न्यौपाने तेस्रो स्थानमा रहेकी थिईन । उनको मत ११ हजार २०३ थियो ।

चुनाव जितेपछि रेशमलाल चौधरीले जनताले सिंहदरवारको ढोका आफ्नोलागि खेलीदिएको प्रतिकृया दिदै आएका थिए । उनले प्रहरीलाई पक्रेर देखाउन चुनौती समेत दिदै आएका थिए । प्रहरी आफुहरु कानुनको पालना गर्ने भएकाले अभियूक्तलाई खोजेर पनि गिरफ्तार गरि रेशमलाई पक्रिएर अदालत बुझाउने बताउदै आएको थियो ।
को हुन रेशमलाल ः

रेशमलाल चौधरी कैलालीको टिकापुरका स्थानीय हुन । टिकापुर घटनाका मुख्य आरोपी उनी प्रहरीको फरार अभियुक्तको सूचीमा छन् । ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । यो घटनाका मुख्य योजनाकारका रुपमा प्रहरीले रेशमलाई लिएको छ । फरार अबस्थामा रहेका रेशमले आन्दोलनका क्रममा आफ्नो सम्पतीमा पुगेको क्षतिको डेढ करोड भन्दा बढी क्षेतीपूर्ती लिदा समेत निकै चर्चा भएको थियो ।

स्थानीय प्रशासनले लगाएको निषेध आज्ञाको अवेज्ञा गर्दै टिकापुरको चारैतिरबाट हजारौको संख्यामा आएका थरुहट, मधेशीदल पक्षधरहरु बिच भएको झडपमा बरिष्ठ प्रहरी उपरिक्षक (एस.एस.पी.) सहित ८ जनाको हत्या गरेको थियो । हत्या गरिएकाहरुमा सेती अंचल प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक लक्ष्मण न्यौपाने, नेपाल प्रहरी निरिक्षकद्धय बलराम बिष्ट,केशव बोहरा,प्रहरी जवान लक्ष्मण खड्का, लोकेन्द्र चन्द थिए । त्यसैगरी शसस्त्र प्रहरी हवल्दार राम बिहारी चौधरी, ललित साउँद र नेत्र बहादुर साउँदका २ बर्षिय छोरा टेक बहादुर साउँदको थिए । अहिले टिकापुरमा हत्या गरेको आरोपमा २८ जनालाई कर्तब्य जानको मुद्धा चलाईएको छ ।

के भन्दछन् टिकापुर घटनाका पिडित ?
टिकापुर घटना घटेको तिन बर्ष बित्न लाग्दा समेत आफुहरुले न्याय नपाएको गुनासो पिडितहरुले गरिरहेका छन् ।
राजनितिक दलका नेताहरुले सत्तामा पुग्नका लागि बिभिन्न समयमा गर्ने सम्झौता र गठन गरिने छानबिन समितिले उनिहरुलाइृ झस्काई रहेको छ । सार्वजनिक सभामा नेताहरुले गर्ने भाषण सुन्दा यो न्यय हराएको देश हो कि जस्तो लाग्छ टिकापुरमा हत्या गरिएका प्रहरी निरिक्षक केशव बोहराकी श्रीमती सारदा बोहराले भनिन्, खै हामीले के न्याय पाउँला र ? सरकारले सहिद घोषणा गर्ने, सेवा सुविधा दिने जस्ता लोभ देखाएर न्यायको ढोका बन्द गर्न खोजिरहेको छ ।
राज्य संग हामीले सेवा सुविधा मागेका छैनौ सारदा बोहराले भनिन् ,राज्यले न्याय देओस । न्यायको भिकका लागि सबै नेता, मन्त्रीका ढोका घचघच्याउन पुगेको बताउदै सारदाले भनिन्, खै सतीले सरापेको देशमा हामीले के न्याय पाउँला ? डिउटीमा खटिएको प्रहरीलाई जिउदै जलाउनेलाई उन्मुक्ति दिनका लागि अभ्यास भैरहेकोले आफुहरुले न्याय पाउने कुरामा शंका उब्जीएको उनले बताईन ।

नाति अखण्ड सुदूरपश्चिम जान्दैन थियो नत थारुवान थरुहट भनेको बुझ्थ्यो कैलालीको टिकापुरमा हत्या गरिएका २ बर्षिय वालक टेक बहादुर साउँदका बाजे जंग बहादुर साउँदले भने, आमाको दुध मात्रै खान जान्ने वालक किन मारियो ? सहिद घोषणाले मात्रै पिडा सेलाउदैन साउदले भने, दोषीलाई कारवाही भएको देखु । मेरो नाती कुनै पक्षको आन्दोलनमा सहभागि भएको भए भन्नु पर्यो साउदले भने, झडप भएको एक घण्टा पछि मेरो नाती किन मारियो हाम्रो प्रश्न हो ?

सहिद घोषणा गरेर कुनैपनि आमाको कोख रित्तिएको पिडा ठिक नहुने बताउँदै हत्या गरिएका वालक टेक बहादुर साउँदकी आमा यसोदा साउँदले भनिन्, जतिवेला ति हत्यारालाई कारवाही हुने छ मेरो कोखको जलन ठिक हुने छ । कसैलाई खुसी बनाउनका लागि अपराधीलाई उन्मूक्ति दिन नहुने मृतका परिवारहरु बताउँछन् । आशा गरेको राज्य नै अपराधीको अभिभावक बन्छ भने हामीले न्याय खोज्न कहाँ जाने हत्या गरिएका प्रहरी निरिक्षक वलराम बिष्टका आफन्त देबकी बिष्टले भनिन्, जुन दिन अपराधीले छोपीछोपी हत्यारालाई करवाही गर्ने छ त्यो दिन हाम्रा मान्छेको मृत आत्माले शान्ति पाउने छ । from epaschimtoday.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार