नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।राष्ट्रपति निवासमा आयोजित कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।
एमालेबाट महासचिव ईश्वर पोखरेल र डा. युवराज खतिवडा, माओवादी केन्द्रबाट रामबहादुर थापा बादल र मातृका यादवले शपथ लिएका छन् । पोखरेलले रक्षा, खतिवडाले अर्थ, थापाले गृह र यादवले उद्योगमन्त्रालयको जिम्मेवारी पाएका छन् ।