अदालतको अादेशपछि विप्लवलाई पक्रन देशैभरि प्रहरीको ‘सर्कुलर’

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पक्राउ गर्न प्रहरीले देशभरि ‘सर्कुलर’ जारी गरेको छ। प्रदेश सभा र प्रतिनिधि सभा चुनावका बेला भोजपुरमा बम बिस्फोट गराएको भन्दै प्रहरीले विप्लवलगायत १८ जनालाई विपक्षी बनाएर बिस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो।

गत कात्तिक २८ गते भोजपूरमा पूर्वसञ्चारमन्त्री शेरधन राई चढेको गाडीमा आक्रमण भएको थियो। जिल्लाका अन्य भागमा पनि बिस्फोट भएका थिए। सो मुद्दामा जिल्ला अदालत भोजपुरले चन्दलगायत अन्य नेता कार्यकतालाई पक्राउ पुर्जी जारी गरेको थियो। अदालतको आदेशअनुसार चन्दलाई पक्रन प्रहरीले देशैभरि सर्कुलर जारी गरेको भोजपुर प्रहरी प्रमुख डीएसपी दीपेन्द्र पन्जियारले बताए।

‘चन्दविरुद्ध बिस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगमा मुद्दा छ, अदालतले उपस्थित गराउन भन्दै पत्र काटेको छ, त्यसैका आधारमा हामीले चन्दलाई खोजी गरेका छौं। उनको गृहजिल्ला कपिलवस्तुमा पनि पक्राउ पुर्जी पठाएका छौं। देशभरि पनि अदालतको सो पक्राउ पठाइएको छ। यसअघि आइतबार सोही मुद्दाका फरार अभियुक्त भोजपुरका उद्धव बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार