https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

पाकिस्तानी प्रधानमन्त्री अब्बासी सोमबार नेपाल आउने

काठमाडौं  फागुन,१८-पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी सोमबार नेपाल आउने भएका छन् ।

अब्बासी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिन नेपाल आउन लागेको बालुवाटार निकट स्रोत जनाएको छ ।

दुई दिने नेपाल बसाइका क्रममा प्रधानमन्त्री अब्बासीले उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

नेपाल सार्क राष्ट्रको अध्यक्ष देश हो । पाकिस्तानमा सार्क सम्मेलन गर्ने तय भएपनि भारतसहितका देशले सहभागी नहुने बताएपछि हुन सकेको छैन ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार