http://jagdambacement.com/

१२ वर्षीया बालिकाको बलात्कार पछि हत्या, गायक पक्राउ

बुटवल, २३ फागुन  – रुपन्देहीकी एक बालिकाको बलात्कार पछि हत्या भएको छ। रुपन्देहीको मर्चवार क्षेत्र अन्तर्गत कोटहीमाई गाउँपालिका-३ की १२ वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको हो।

दिउँसो घाँस काट्न खेतमा गएकी बालिका राति आफैंले ओडेको चुन्नी घाँटीमा बेरिएको अवस्थामा भेटिएकी थिइन्। बलात्कार तथा हत्याको आरोपमा रुपन्देही प्रहरीले उक्त गाउँकै एक युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कोटहीमाई-३ का २१ वर्षीय सन्दीप कुमार धोबी छन्। प्रहरी अनुसन्धानमा खटेका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार उनले माघ २२ मा बालिका बलात्कारपछि पोल खुल्ने डरमा उनकै चुन्नीले घाँटी कसी हत्या गरेका थिए।

प्रहरीले माघ २९ मा मात्रै अभियुक्तलाई पक्राउ गर्न सफल भएको थियो। प्रहरीले हत्या र जबरजस्ती करणी अन्तर्गत मुद्दाको अनुसन्धान प्रक्रिया पूरा गरी जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा राय सहित मिशिल पेश गरेको छ।

बलात्कार आरोपमा गायक पक्राउ
यस्तै काठमाडौंमा गायन पेशा अंगालेका अजय श्रेष्ठ बलात्कारको आरोपमा बुटवलमा पक्राउ परेका छन्। बुटवलमा सांस्कृतिक कार्यक्रम गर्न आएका २७ वर्षे श्रेष्ठले आफ्नै समूहकी साथीलाई बलात्कार गरेको आरोप छ। इप्रका बुटवलले फागुन ९ गते बलात्कारको अभियोगमा उनलाई पक्राउ गरेको हो। – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार