काठमाडौं, २५ फागुन – प्रतिनिधिसभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारको मनोनय दर्ता हुदैछ । संघीय संसद भवन, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बिहान १० बजे देखि दिउँसो १ बजेसम्म सभामुखको उम्मेदवारी दिर्ता गर्न सकिने संसद सचिवालयले जनाएको छ ।
निर्धारित समय भित्र दर्ता भएका उम्मेदवारहरुको अन्तिम नामावली १ः३० बजे प्रकाशन गरिनेछ । सभामुखको चुनाव शनिबार १ बजे प्रारम्भ हुने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो । सभामुखका लागि वाम गठबन्धनबाट माओवादी नेता कृष्णबहादुर महरालाई उठाउने तयारी छ ।
राष्ट्रपतिमा वाम गठबन्धनविरुद्ध उम्मेदवार उठाएको कांग्रेसले सभामुखमा भने केही निर्णय गरिसकेको छैन । गणितीय हिसाबले बलियो रहेकाले वाम गठबन्धनको उम्मेदवार विजयी हुने निश्चित छ ।