कान्तिपुरविरुद्धको मुद्दाको सुनुवाई आज

काठमाडौं,२७ फागुन – कान्तिपुरविरुद्ध परेको अवहेलना मुद्दामा सर्वाेच्चमा आज सुनुवाइ हुने भएको छ । कान्तिपुर टोलीसँग बयान सकिएपछि आइतबारका लागि सुनवाई तोकिएको हो । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको जन्ममिति र शैक्षिक योग्यताको विषयमा समाचार बनाएपछि कान्तिपुर विरुद्ध मुद्दा दायर भएको थियो ।

मुद्दापछि कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीलाई तीन दिनभित्र आफैं अदालतमा हाजिर हुन आदेश जारी गरेको थियो ।

त्यसपछि यस विषयमा कान्तिपुरसँग चरणबद्ध बयान लिइएको थियो । न्यायाधीशहरुले मंगलबार कान्तिपुर टोलीसँग बयान सकेपछि पूर्ण इजलासमा राख्न आदेश गरेका थिए । आजको मुद्दा सुनावई गर्न प्रधानन्यायाधी पराजुलीले आफ्नै नेतृत्वमा ७ जना न्यायाधीशको बृहत पूर्ण इजलाश गठन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार