https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

थापा, राणा र लोहनी राप्रपा फेरि एक हुने प्रयासमा

काठमाडौं, २८ फागुन – चुनावमा सफाया भएपछि टुक्रदै, जोडिदै र टुक्रदै गएका तीन राप्रपा फेरि एक हुने प्रयासमा जुटेका छन् । तिनै दलका नेताहरुबीच एकीकरणको बारेमा छलफल गरिरहेका  छन् ।

कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीबीच बोलचाल सुरु भएको छ, एकीकरणको लागि प्रयासमा एकमात्र राप्रपा नेपालका सांसद राजेन्द्र लिंगदेन अघि बढेका छन् ।

राजेन्द्रका अनुसार पार्टी विभाजनपछि भएको चुनावमा नराम्रो पराजय बेहोर्न बाध्य भएको सबैले अनुभव गरेका छन् । एक न एक दिन मिल्नै पर्ने भएका कारण एकीकरणको चरण तर्फ अघि बढ्ने बताए ।

फेरि भ्यागुताको धार्नी हुने हो कि एकीकरण, सबैलाई पार्टी नेतृत्व नै चाहिने र दोश्रो पुस्तामा नेतृत्व सुम्पन नचाहेका कारण एकीकरण हुन्छ नै भन्न नसकिने राप्रपा नेपालका एक नेताले बताए ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार