त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना, ४६ जनाकाे मृत्यु

काठमाडौं,  २८ फागुन — त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो । प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो ।

यूएस बाङ्ला एयरवेजको जहाजमा दुर्घटना परेका १४ जनाको उद्धार भएको छ । बंगलादेशको ढाकाबाट आएको उडान नम्बर युबिजी–२११ विमानमा चालक दलका सदस्यसहित ७१ यात्रु सवार थिए । विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चालक दलका चार सदस्य गरी ७१ जना थिए ।

बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको विमान दुर्घटना भएपछि धावनमार्ग बाहिरको घाँसे मैदानमा आगो लागेको छ । दमकलको सहायताले विमानमा लागेको आगो  मैदानमा लागेको आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ। घटनापछि विमानस्थलका सबै उडान बन्द गरिएको छ, भने घाइतेलाई उद्दार गरी अस्पताल लाने क्रम जारी छ।

आगलागी नियन्त्रणमा आएको अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । धुवाँले गर्दा आगो कहाँ निभाउँने भन्ने निश्चित नहुँदा पनि उद्धारमा केही बेर अलमलिएको थियो अग्नी नियन्त्रकहरु ।  दुर्घटनाग्रस्त स्थलमा प्रधानमन्त्री,गृहमन्त्री, रक्षामन्त्री लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थििति रहेको थियो । प्रधानमन्त्रीले छिटै दुर्घटनाबारे छानविन समिति बनाएर सत्य तथ्य सार्वजनिक गर्ने प्रतिवद्धता वयक्त गरेकाछन ।

दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए । मृतकको संख्या अभः बढ्नसक्छ । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार