राष्ट्रपतिमा पुन विद्यादेवी भण्डारी निर्वाचित, सपथ अाज ४ बजे

काठमाडौं, ३० फागुन –  विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुनुभएको छ । हिज भएको मतदानमा २९ हजार २ सय ७५ मतभार सहित भण्डारी विजयी हुनुभएको हो ।

जम्मा ५२ हजार ५ सय मतभार कायम रहेको चुनावमा २६ हजार २ सय ५१ मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुनेमा भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गर्नुभएको थियो । उक्त निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो ।

संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गर्नुभएको थियो । कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए ।

सपथ अाज ४ बजे

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनीयताको सपथ लिने भएकी छन् । सपथको समय बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ गराउने प्रचलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार