https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

एसईई परीक्षाको तयारी पूरा, नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ परीक्षार्थी

काठमाडौँ, ५ चैत – चैत्र ८ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अनुसार ७७ वटै जिल्लामा सञ्चालन हुने परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी हुनेछन्।

एक हजार ९ सय ५६ परीक्षा केन्द्रमा सञ्चालन हुने एसईईमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ विद्यार्थी सम्मिलित हुने परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए।

नियमितका ८ हजार ७ सय ३४ र एम्जाम्टेड तर्फका २० जना प्राविधिक धारका विद्यार्थीले पनि माध्यमिक शिक्षा कक्षा १० को परीक्षा दिने तयारी गरिरहेका छन्।

चैत्र ८ गते बिहान ८ बजेबाट हुने परीक्षाको सबै तयारी पूरा भइसकेको उनले बताए। बोर्डको कार्यालय सानोठिमी भक्तपुरमा पत्रकार सम्मेलन गरेर आइतबार परीक्षाबारे जानकारी दिइएको हो। ‘उत्तरपुस्तिका, प्रश्नपत्रलगायत परीक्षा सञ्चालन गर्न आवश्यक पर्ने सामग्री जिल्ला हुँदै सम्बन्धित परीक्षा केन्द्रमा पुगिसकेका छन्,’ उनले भने।

जिल्ला परीक्षा समन्वय समितिहरुको निर्णयअनुसार देशभर एक हजार ९ सय ५६ केन्द्राध्यक्ष, दुई हजार चार सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार तीन सय ४० सहायक निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार तीन सय ४० सुरक्षाकर्मी गरी ६४ हजार ७ सय ६२ जनशक्ति परिचालन गर्ने तयारी भएको छ।

१० वर्षपछि नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रको आधारमा परीक्षा हुन लागेको हो। यसपालिबाट अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने नयाँ व्यवस्था गरिएको छ। अक्षराङ्क पद्धतिमा ‘सी’ ग्रेड र भन्दा तल्लो ग्रेड प्राप्त गरी ग्रेडवृद्धि गर्न नसकेका विद्यार्थीले एक्जाम्टेड परीक्षा दिन लागेका हुन्। साधारण धारतर्फ १७ गते र प्राविधिक धारतर्फको परीक्षा चैत्र २० गते सम्म सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ।

परीक्षालाई मर्यादित, व्यवस्थित र अनुशासित बनाउन सबै प्रदेश समेटिने गरी बोर्डका पदाधिकारी, शिक्षा मन्त्रालयका सहसचिव, क्षेत्रीय शिक्षा निर्देशनालय, जिल्ला समन्वय समितिका पदाधिकारी र जिल्ला शिक्षा कार्यालयका कर्मचारीको नेतृत्वमा अनुगमन टोली बनाइएको रेग्मीले बताए।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यार्थीले आफ्नो क्षमता प्रस्तुत गर्ने वातावरण बनाउन सरोकारवालाहरुलाई अनुरोध गरे। ‘परीक्षा प्रणाली परिवर्तन भएको छ, विद्यार्थीले मनोवैज्ञानिक सन्त्रास पाल्नु जरुरी छैन, ढुक्क भएर परीक्षा दिन आग्रह गछौं,’ उनले भने।

 

 

 

– कान्तिपुर दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार