कांग्रेसले ईयूलाई भन्योः मर्यादाभित्रै रहेर गतिविधि गर

काठमाडौं,  १३ चैत प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनप्रति आपत्ति जनाएको छ । मिसनले आफ्नो अधिकार बाहिर रहेर नेपालको संविधानप्रति नकारात्मक टिप्पणी गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । ‘युरोपली युनियनको प्रतिवेदनमा रहेका केही अंश गम्भीर र आपत्तिजनक छन्’ उनले भने ।

उनका अनुसार कांग्रेसले यूरोपियन युनियनलाई आफ्नो मर्यादाभित्रै रहेर गतिविधि गर्न पनि सचेत गराएको बताए । ‘निर्वाचनको पर्यवेक्षणका लागि आएको युरोपेली युनियनले प्रतिवेदन जारी गर्दै गर्दा संविधानमाथि नै गरेको टिप्पणी कार्यक्षेत्रभन्दा बाहिर गएको छ । मर्यादाबाहिर गएर गरेको टिप्पणीप्रति हाम्रो आपत्ति छ’ उनले भने ।

बैठकमा रमेश लेखकसहितका नेताहरुले यूरोपियन युनियनको प्रतिवेदन आपत्तिजनक रहेको धारणा राखेका थिए । सोमबार केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शर्माले नेपालको संविधान सिंगै युरोपको भन्दा पनि उत्कृष्ट रहेको दाबी गरे ।

ईयूको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएको छ । नेपाल सरकारले यसप्र्रति आपत्ति जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार