https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

ग्रीसको थेस्सालोनिकी शहरमा कतार एयरवेजद्वारा उडान शुरु

काठमाडौँ –  ग्रीसको दोस्रो ठूलो शहर थेस्सालोनिकीसम्मको कतार एयरवेजकोे उद्घघाटन उडानको शुभारम्भ मनाउन, कतार एयरवेज नेपालले माननीय कन्सुल श्री बिक्रम पाण्डे र नेपालका लागि प्रबन्धक श्री जयप्रकाश नैयरको उपस्थितीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्या ।


सो कार्यक्रममा श्री जयप्रकाश नैयरले यस पुरस्कार विजेता एयरलाइनको मजबूत विस्तार योजनाहरुलाई पनि उल्लेख गरे र साथै नेपालमा ग्रीसबाट अधिक यात्रीहरु ल्याउने र थेस्सालोनिकीलाई दोहाको प्रख्यात हमाद अन्तरराष्ट्रिय विमानस्थल (एचआईए) मार्फत आफ्नो विश्वव्यापी नेटवर्कमा जोड्ने प्रतिबद्धता व्यक्त गरे ।

“ग्रीसको हाम्रो दोस्रो गन्तव्य थेस्सालोनिकीमा हाम्रो ४ साप्ताहिक उडान सेवा सुरु गर्न निकै उत्साहित छौँ । एथेन्समा ३ दैनिक उडानसँगै हामीले ग्रीसमा बढ्दो मागको महसुस गर्यौँ र थेस्सालोनिकी भन्दा अरु राम्रो ठाउँ कुन हुनसक्छ र ?” नैयरले भने ।

कतार एयरवेजले २०१७/१८ मा अकल्याण्ड, न्यूजील्याण्ड, डबलिन, आयरल्यान्ड गणतन्त्र, नीस, फ्रान्स, प्राग, चेक गणतन्त्र, चियांग माई, थाईल्याण्ड र पेनांग, मलेसियाजस्ता नयाँ रोमाञ्चक स्थलहरू आफ्नो नेटवर्कमा थपेको छ । एयरलाइनले विस्तार योजनाअन्तर्गत २०१८ मा कार्डिफ, बेलायत, र मालागा, स्पेनसहित धेरै गन्तव्यहरू आफ्नो विश्वव्यापी मार्गमा थप्ने प्रक्रिया जारी राखेकाे जनाएकाे छ ।

कतार एयरवेज, कतार राज्यको राष्ट्रिय वाहक, ले १५० भन्दा बढी स्थलहरूबाट आफ्ना यात्रीहरूसँग गोइङ प्लेसेस टुगेदरको २० वर्ष उत्सव मनाउँदै छ । एयरलाइनले २०१७/१८ मा थेस्सालोनिकी, ग्रीस सहित पेनांग, मलेसिया र कार्डिफ, बेलायत तथा अन्य धेरै रोमाञ्चक नयाँ स्थानहरू यसको बढ्दो नेटवर्कमा थप्दै आफ्नो २०० भन्दा बढी आधुनिक एयरक्राफ्टमा यात्रुहरूलाई उडाउँने योजना बनाएको जनाएकाे छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार