कांग्रेस नेता, पूर्व गृहमन्त्री, प्रजातान्त्रिक योद्धा खुमबहादुर खड्काको निधन, कांग्रेस सभापति शेरबहादुर देउवा मर्माहत

कांग्रेस नेता, पूर्व गृह मन्त्री खुमबहादुर खड्काको निधन भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा साँझ ५ बजेर १५ मिनेटमा निधन भएको हो । निमोनिया र मिर्गौलामा गम्भीर समस्या आएपछि दिल्लीको एपोलो अस्पतालमा खड्काको उपचार भइरहेको थियो ।

कांग्रेस नेता खुमबहादुर खड्काको निधन भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा साँझ ५ बजेर १५ मिनेटमा निधन भएको हो । ‘उहाँको आत्माले शान्ति प्राप्त गरोस्, कामना गर्दै,परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु..’ शर्माको ट्विटमा उल्लेख छ ।

एपोलो अस्पतालले खड्काको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा खड्काको निधन भएको हो ।

अनेक अप्ठ्यारा परिस्थितिमा पनि प्रभावशाली भुमिका बनाएका खड्काको निधनले नेपाली काँग्रेसलाई ठूलो क्षती पुग्ने छ। साथै उनले पछिल्ला समयमा उठाएका मुद्धाहरु पनि  पार्टीमा कमजोर पर्न सक्ने आशंका गरिएको छ। खड्का व्यक्ति मात्र होइन भन्ने अभियान हो भन्ने कुरा पछिल्ला दिनमा पुष्टी भएको उनका निकट काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी बताउँछन।  खड्काको मृत्यु पछि हिन्दु राष्ट्रको उनले उठाएको एजेण्डा अब भण्डारी जस्तै उनका निकटहरुमा आएको छ।

नेपालका सन्दर्भमा हिन्दुत्व र राष्ट्रवादलाई सँगै लएर हिड्ने उनको प्रयासमा उनका निकट रहेका बुद्धिष्ट र मुसलमान  नेतृत्वले पनि साथ दिएका थिए।  कैयन एजेण्डा र प्रसङगहरुलाई आफैसँग लिएर गएका खड्का नेपाली राजनीतिमा आफ्नो प्रभावशाली व्यक्तित्वका कारण चिनिएका थिए। त्यो पहिचान उनको मृत्यु पछि पनि कायमै छ। स्वर्गीय खुम बहादुर खड्काप्रति हार्दिक शब्द श्रद्धा।

कांग्रेस सभापति शेरबहादुर देउवा मर्माहत

नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । शुक्रबार साँझ भारतको दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएका खड्कप्रति पार्टी केन्द्रीय कार्यालयमार्फत एक शोक विज्ञप्ति जारी गर्दै सभापति देउवाले दुःख व्यक्त गरेका हुन् ।

शोक विज्ञप्ति जारी गर्दै सभापति देउवाले पार्टी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री खड्काको निधनले अत्यन्तै मर्माहत र स्तब्ध बनाएको बताएका छन् । खड्का आफ्नो पूरानो मित्र एवम् आत्मीय साथी मात्र नभई नेपालको लोकतन्त्र स्थापना र पुनस्थापनामा सक्रिय भूमिका खेल्ने नेता भएको बताउँदै देउवाले उनको निधनले सिंगो मुलुक र कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।
शोक विज्ञप्ति
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृह मन्त्री खुमबहादुर खड्काको आज भारतको दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा साँझ ५ः१५ बजे निधन भयो । उहाँ मिर्गौला, छाती र नसा सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । मिर्गौला प्रत्यारोपण गर्नु भएका नेता खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुनको पहिलो साता उहाँलाई नयाँ दिल्लीमा उपचारका लागि लगिएको थियो । नेपाली कांग्रेसको राजनीतिमा विद्यार्थी कालदेखि नै सक्रिय रहनु भएका स्व. खड्का वि.स.२०३३ साल पुष १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर बीपी कोइरालासँगै नेपाल फर्कनु भएको थियो ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । सभापति देउवाले भन्नु भएको छ—  “नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनामा सक्रिय भूमिका निर्वाह गर्नु भएका, लामो समय प्रवास र जेल जीवन व्यतित गर्नु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री खुमबहादुर खड्काको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । स्व। खड्काले पार्टीको संगठन विस्तार र नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा जीवनपर्यन्त अनवरत रुपमा नेपाली कांग्रेसमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । मेरा पुराना एवं आत्मीय साथीको निधनले नेपाली कांग्रेस र सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगेको छ ।

उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।” नेपाली कांग्रेस उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार