खड्कालाई पशुपति आर्यघाटमा छाेरा अनुरागले दिए दागबत्ती, सशस्त्रले दियो सलामी

काठमाडौं – का‌ंग्रेसका नेता एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्काको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । खड्कालाई सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो । खड्का पूर्वगृहमन्त्री भएकाले उनलाई सशस्त्रले सलामी दिएको हो ।

अन्तिम श्रद्धाञ्जली दिन पार्टी सभापति शेरबहादुर देउवासहित काँग्रेस नेताहरु, अन्य दलका नेताहरु तथा शूभचिन्तकहरु आर्यघाट पुग्नुभएको थियो । नेता खड्कालाई छोरा अनुरागले दागबत्ती दिनुभयो । विहान ९ बजेपछि पार्टी कार्यालय लगिने भनिएकामा अनुराग ढिला आएपछि दिउँसो ढिलो गरी मात्रै खड्काको पार्थिव शरीर श्रद्धाञ्जलीका पार्टी केन्द्रीय कार्यालय सानेपा लगिएको थियो । पार्टी कार्यालयमा झण्डै एक घण्टा राखिएको थियो ।

हिजो राती अबेर दिल्लीबाट ल्याएपछि खड्काको पार्थिव शरीर सानेपास्थित घरमा राखिएको थियो । विदेशमा भएको छोरा आउन ढिलाई भएका कारण खड्काको शव घरमा बढी समय राखिएको हो ।

यसअघि, कांग्रेस केन्द्रीय कार्यसमितिको आइतवार बसेको आकस्मिक बैठकले केन्द्रीय सदस्य, पूर्वमहामन्त्री तथां पूर्वमन्त्री खड्काको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो । खड्काको चैत १६ गते साँझ भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारमै रहँदा निधन भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार