ओलीलाई एयरपोर्टमा रिसिभ गर्न को आउला ईन्दिरा गान्धी ईन्टरनेश्नल एयरपोर्टमा ?

काठमाडौं, २० चैत्र प्रधानमन्त्री केपी शर्मा ओली यही चैत २३ (६ अप्रिल) मा तीन दिने भ्रमणको लागि भारतको राजकीय भ्रमणमा नयाँदिल्ली जाँदैछन् । उनको भ्रमण सफल बनाउनको लागि दुवै देशले आन्तरिक गृहकार्य अघि बढाईरहेका छन् ।

ओलीलाई ईन्दिरा गान्धी ईन्टरनेश्नल एयरपोर्टमा रिसिभ गर्न उनका समकक्षी नरेन्द्र मोदी आउलान कि विदेशमन्त्री सुष्मा स्वराज को आउलान् ? भने बहस सुरु भएको छ । भारतीय सूत्रहरुले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीलाई रिसिभ गर्न भारतीय प्रधानमन्त्री मोदी भन्दापनि विदेशमन्त्री स्वराज नै आउने संभावना रहेको छ ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल बनाउन नेपालले गृहकार्य अघि बढाईसकेको छ । उता भारतले पनि भ्रमणबारे गृहयकार्य अघि बढाएको छ। नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरी पनि आजै भारत पुगिसकेका छन् ।

ओली यही आउने शुक्रबार भारत जाँदैछन् । पुगेकै दिन उनले महत्वपूर्ण भेटघाट नगर्ने बुझिएको छ। बरु, उनले भोलिपल्ट (शनिबार) मात्रै महत्वपूर्ण भेटवार्ताहरु गर्नेछन् । अहिले सोही अनुसार भारतीय पक्षले पनि तयारी थालेको सूत्रहरुले बताएका छन् ।

प्रधानमन्त्री भएपछि प्रधानमन्त्री ओलीको यो पहिलो विदेश भ्रमण हुनेछ । शुक्रवार नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले एकैपटक प्रधानमन्त्री ओलीको भ्रमण तय भएको प्रेस बक्तब्यमार्फत जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार