सलमान खानलाई ५ वर्षको जेल सजाय

काठमाडौं, २२ चैत  – भारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ । कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले बिहीबार सो सजाय सुनाएको हो ।

सलमानलाई तत्कालै हिरासतमा लिइएको छ । उनलाई सेन्ट्रल जेलमा लगिने छ । उनले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा छुट्न सक्ने थिए । तर, सोभन्दा बढिको सजाय भएपछि उनले जेल बस्नुपर्ने भएको छ । यद्यपि उनले सर्वाेच्च अदालतमा अपिल गर्न सक्नेछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार