https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

श्रीनिवास आचार्यमाथि भएको आक्रमणले गर्दा नेपाल शिवसेना आन्दोलित

नेपालगञ्ज, ३० चैत –  नेपाल शिवसेना आन्दोलित हिन्दु धर्म गुरु पण्डित श्रीनिवास आचार्यमाथि भएको आक्रमणले गर्दा नेपाल शिवसेना आन्दोलित भएको छ ।आक्रमणकारीमाथि कडा कारवाहीको माग गर्दै शिव सेनाले चरणबद्ध आन्दोलनको घोषण गरेको छ । बाँकेको नेपालगञ्जमा पत्रकार सम्मेलन मार्फत सिवसेनाले आन्दोलन गर्ने जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल शिवसेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारले सरकारी उदासीनताका कारण हिन्दु धर्म संकटमा पर्दै गएको बताए ।बिदेशबाट आयातित गैरसरकारी सास्थाहरुले डलरको भरमा नेपालमा धर्मनिरपेक्षता लादिएको आरोप लगाँउदै अब हिन्दु धर्म उपरको अत्याचार सहन नहुने उनले सँकल्प लिएको बताए ।

रौनियारले भने— नेपालमा जनमत संग्रह मार्फत हिन्दु राष्ट्र कायम गर्नुपर्ने जोड दिँदै त्यसको लागि सिवसेनामा अब सडकमा आएर आनदोलन गर्ने उदघोष गरे ।पत्रकार सम्मेलनमा उनले तीन दिन अगाडि हिन्दु धर्म गुरु पण्डित श्रीनिवास आचार्य माथि विराटनगरमा अज्ञात समूहले गोली प्रहार गरेको घटनामा नेपाल शिवसेना मर्माहत हुनको साथै सो घटनाको निंदा समेत गरेको तथा उक्त घटना घटाउने दोषी उपर कडाभन्दा कडा कार्वाहीको माग गरे ।

उक्त घटना घटाउन धेरै पहिलादेखि नै षडयन्त्र भएको हुन सक्ने र नेपालमा यस अघि पनि हिन्दुवादी संघ संस्थामा लागेका व्यक्तिहरुलाई नै टारगेट गरी हत्या हुनु ठूलो षडयन्त्र त होइन भन्ने गम्भिर प्रश्न उब्जेको छ रौनियारले बताए ।

८५ प्रतिशत हिन्दु रहेको मुलुकमा हिन्दुहरु आफूलाई असुरक्षित महसुस गरी रहेका छन् । देशमा अराजक महोल खडा भइरहेको छ, देशलाई विभाजन गर्न मिशनरीका एजेन्टहरुले नेपाललाई धर्म निर्पेक्ष गरेको सिवसेनाको धारणा रहेको सम्मेलनमा बताईएको छ ।

जातजातीलाई उचाल्ने काम बन्द गर्नु पर्छ र नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नु पर्दछ भन्ने हाम्रो मान्यता छ होइन भने देशलाई विभाजनको संघारमा पु¥याएर कसलाई फाईदा छ त्यो जनमानसले बुझिसकेको अवस्था विद्यमान रहेको पाईन्छ ।

हाम्रा राजनीतिक दलका नेताहरुले आफ्नो विदेशी आकाहरुलाई खुशी बनाउन हामी बहुमतमा भएका हिन्दु ओमकार परिवारलाई वेवास्ता गर्दा देश द्वन्द्व तिर जाने उनले बताए । पत्रकार बन्धुहरुसँग नेपाल शिवसेनाले सधैं राष्ट्रियताको कुरा उठाउँदै आएको बताँउदै यस्ता घटनाहरुलाई गम्भीरतापूर्वक नियाली आ–आफ्नो ठाउँबाट दरो रुपमा कलम चलाई सहयोग गर्न रोैनियारले सँचारगृहहरुलाई समेत अपील गरे ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार