आइजिपी खनालले दिए प्रहरी अधिकृत र जवानलाई यस्तो चेतावनी

काठमाडौं, ३० चैत – नवनियुक्त प्रहरी महानिरीक्षक आइजिपी सर्वेन्द्र खनालले प्रहरीको कमान्ड सम्हालेको दोश्रो दिनमै प्रहरी अधिकृत र जवानलाई चेतावनी दिएका छन्। आइजिपी खनालले दोषीलार्इ उन्मुक्ति दिने कुनै गतिविधी गर्नुका साथै पेशागत आचारणविपरीत कार्य गर्ने एवं भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न हुने कसैलार्इ पनि नछोडी कारबाहीको दायरामा ल्यार्इ हदै सम्मको कारवाही गरिने प्रहरी अधिकृत र जवानलाई चेतावनी दिए।

सरकारले चैत २७ गते मन्त्रिपरिषद्को बैठक बसी प्रहरी महानिरीक्षकमा खनालको नाममा निर्णय गरेको थियो। लगत्तै प्रहरी प्रधान कार्यालयमा आज एक कार्यक्रमकाबीच गृहसचिव प्रेमकुमार राईले खनाललाई आइजिपीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। सोही समारोहलाई सम्बोधन गर्दै आइजिपी खनालले आपराधिक क्रियाकलापमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन समते दिए।

प्रहरी प्रधान कार्यालयमा प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिँदै नवनियुक्त महानिरीक्षक खनालले उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गर्दै परिमाणमुखी अनुसन्धान गर्न निर्देशन दिए। उनले प्रहरी संगठनभित्रका आन्तरिक सुदृढीकरण, संरचनागत सुधार, प्रहरी कर्मचारीको वृत्ति विकास तथा सेवा सुविधा आफ्नो प्राथमिकताको विषय रहेको बताउँदै प्रहरीको मनोबल उच्च राख्न सदैव दृढ भएर लाग्ने बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार