https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

नयाँ वर्षको अवसरमा टेलिकमको आकर्षक अफर

काठमाडौँ, १ वैशाख – नेपाल टेलिकमले नव वर्ष २०७५ को अवसरमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि बिभिन्न किसिमका सेवाहरुमा आकर्षक अफर उपलब्ध गराउने भएको छ । यो अफर २०७५ वैशाख १ देखि बैशाख १५ गतेसम्म लिन सकिने टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको छ ।

अफरअन्तर्गत ह्यापी विकेन्ड प्याक, अनलिमिटेड जिएसएम/सिडिएमए नाइट डाटा प्याक, एडिएसएल भोलुम बेस्ट, एडिएसएल अनलिमिटेड प्याकेज रहेका छन् ।

जिएसएम÷सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्यापी विकेण्ड प्याक अफर प्रयोग गर्न सकिनेछ । यो प्याकअन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन एक जिबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक रु १०० मा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुने टेलिकमले जनाएको छ ।

अनलिमिटेड नाइट डाटा प्याकअन्तर्गत जिएसएम÷सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । त्यस्तै टेलिकमले एडिएसएल भोलुम वेस्ड प्याकेजअन्तर्गत रु २००मा १५ जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी रु ३०० मा २५ जिबी डाटा र रु ४०० मा ४० जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।

एडिएसएल अनलिमिटेड प्याकेजअन्तर्गत रु ७०० मा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी रु तीन हजार ७५० को प्याकेजमा अनलिमिटेड डाटा १८० दिनसम्म र रु सात हजारको प्याकेजमा अनलिमिटेड डाटा ३६० दिनसम्म प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार