निगममा अनियमितता: डेढ अर्ब गायब

काठमाडौँ, १ वैशाख – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात गर्दा उपभोक्तालाई भार पर्ने गरी उठाइएको रकम अनियमिता गरेको भेटिएको छ । गत आर्थिक वर्षमा मात्रै उपभोक्तामा अतिरिक्त भार पर्ने गरी निगमले भन्सार विन्दुबाटै उठाएको रकममध्ये करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको बिहीबार सार्वजनिक भएको महालेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

नेपाल आयल निगमले भन्सार बिन्दुमा पूर्वाधार कर र सडक मर्मत सम्भार  तथा सुधार खर्चबापत उठाएको रकममा एक अर्ब ३८ करोड ३९ लाख रुपैयाँ अनियमिता भएको तथ्य सार्वजनिक भएको हो ।

निगमले पूर्वाधार करका नाममा पेट्रोल र डिजेलको आयातमा प्रतिलिर पाँच रुपैयाँका दरले भन्सार बिन्दुमै रकम असुल्ने गर्दछ । त्यस्तै, सडक मर्मत सम्भार तथा सुधार खर्चका नाममा पनि भन्सार बिन्दुमै पेट्रोलमा प्रतिलिटर चार र डिजेलमा प्रतिलिटर दुई रुपैयाँका दरले असुल गर्दै आएको छ।- राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार