गाडी माग्दै सभामुख महराका निजी सचिव रिजाल

काठमाडौं, ३ वैशाख – संसद् सचिवालयका उपसचिव डिल्ली रिजालले गाडी सुविधाका लागि सचिवालयका महासचिवसम्म लबिङ गरेको खुलासा भएको छ ।सभामुखको निजी सचिवसमेत रहेका रिजालले गाडी सुविधा नपाए सभामुखको काम कारबाहीसमेत प्रभावित हुने भन्दै सचिवालयलाई दबाब दिने गरेको खुल्न आएको छ ।

ओनसरी घर्ती सभामुख हुँदा रिजालले गाडी सुविधा पाउँदै आएका थिए । ऐनमा सभामुख वा अध्यक्षको निजी सचिवलाई सवारीसाधन उपलब्ध गराउने व्यवस्था छैन । उपसचिव रिजालले यसअघि आफूले गाडी सुविधा उपभोग गरेको स्विकार्दै अहिले गाडी सुविधा नपाएर सभामुखको कार्यमा पनि असर परेको बताए ।

उनले भने, ‘उहाँहरूको कार्यसफलताका लागि पनि हामीलाई गाडी सुविधा जरुरी छ । कतिवेला कहाँ जानुपर्छ र कतिवेलासम्म सचिवालयमा बस्नुपर्छ, ठेगान नै हुन्न । त्यसैले, गाडी आवश्यक छ । सवारीसाधन सचिवालयमा धेरै छन्, तर व्यवस्थापनमा कमजोरी छ ।’ – नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार