Samsung Galaxy S9+ काे प्रि बुकिङ खुल्याे

काठमाडौँ, — नेपालको सबैभन्दा विश्वसनीय तथा सर्वाधिक विक्री हुने ब्राण्ड सामसङ इलेक्ट्रोनिक्स्ले नेपाली बजारमा Samsung Galaxy S9+ 128 GB  प्रस्तुत गर्ने भएको छ ।

अप्रिल १७ देखि सुरु भएको Samsung Galaxy S9+ 128 GB को प्रि बुकिङ २२ अप्रिलसम्म खुला रहने छ । उपभोक्ताहरुले www.S9prebooking.com मा गई प्रि बुकिङ गर्न सक्नेछन् ।

प्रि बुकिङ गर्न चाहने उपभोक्ताले बुकिङ गरे बापत रु ७२०० बराबरको Bottle speaker सहित अन्य ग्यालेक्सी उपहार, टर्किस एयरलाइन्सको खरिदमा १५% सम्मको छुट, रुट्स फेशनमा खरिद बापत १०% छुट र साथै केजिएच होटेलमा रु ५०००/- मा कोठा बुक गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।

उक्त स्मार्टफोनको खरिदसँगै प्रयोगकर्ताहरुले एनसेलको तर्फबाट 12000MB   डाटा र १२ हप्ताका लागि  हरेक हप्ता 1000MB र एक वर्षे बीमा पनि प्राप्त गर्नेछन् ।

उपभोक्ताहरुलाई Galaxy S9+ 128 GB को रु १०९,९०० को मूल्य रु ५००० को क्यासब्याक उपलब्ध गराइनेछ । त्यसपश्चात् Galaxy S9+ को प्रभावकारी मूल्य रु १०४, ९०० रहनेछ ।

Galaxy S9+ 128 GB अप्रिल २३, २०१८ देखि नेपालभरका सामसङ ब्राण्ड स्टोर तथा केही रिटेल स्टोरमा Midnight Black रङमा उपलब्ध हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार