काठमाडौं–केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रा० लि ले रु १९९९ मा क्लियर टिभी सेवा अफर ल्याएको छ । अफर अन्र्तगत यो ग्राहकले सेटअप बक्स, इन्स्टालेसन चार्ज र सब्सक्रिप्सन सेवा लिन सक्ने सुविसुले जनाएको छ ।
क्लियर टिभी सेवा बेसिक र प्रिमीयम गरी दुई प्याकेजहरुमा उपलव्ध गराएको र प्रति महिना न्युनतम रु. ५०० देखि रु. ७०० सेवा शुल्क रहेको बताइएको छ । साथै एकमुष्ट ३, ६ र १२ महिनाको सेवा खरिद गर्दा बिषेश छुट प्राप्त गर्ने व्यवस्था गरिएको सुविसुले जनाएकाे छ । ग्राहकहरुले क्लियर टिभी र इन्टरनेट सेवाको बन्डल्ड प्याकेजहरु पनि उपयुक्त मुल्यमा प्राप्त गर्न सक्ने सुविसुले जनाएको छ । यो सेवामा एक वा सो भन्दा बढी जडान सेवा उपलब्ध छन् ।
सुबिसुले आफ्ना ग्राहकहरुलाई डिजिटल टिभी र इन्टरनेट सेवा एउटै तारको माध्यमबाट प्राप्त गर्न सकिने सुविधा प्रदान गरेको जनाएको छ । जसमा २५० भन्दा बढी डिजिटल च्यानलहरु विस्तार गरेको जनाइएको छ ।