त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियन विमान ठूलाे दुर्घटनाबाट जाेगियाे

काठमाडौँ , ७ बैशाख –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति एक विदेशी विमान ठूलाे दुर्घटनाबाट जाेगिएकाे छ । मलेसियन उक्त विमान उडान भर्न लाग्दा चिप्लिएर घाँसे मैदान पुगेकाे थियाे। विमानस्थलकाे २० अर्थात् उत्तरी क्षेत्रबाट राति ९ बजेर ४५ मिनेटमा उड्ने तयारीमा रहेको विमान मोडिएर उत्तरतर्फ लाग्दै गर्दा अगाडिको चक्कामा समस्या आएको थियो । लगत्तै जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा जोतिएको हो ।

उक्त जहाज काठमाडौँबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको थियो । मलेसियाको निजी हवाई सेवा प्रदायक मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो । घाँसे मैदानमा पुगेको जहाजको अगाडिको भाग भासिएको छ भने घटनापछि त्यहाँ तत्लकालै एम्बुलेन्स, अग्निनियण्त्रक र सुरक्षाकर्मीसहितको ठुलो टोली उद्दारका लागि पुगेको थियो ।

उद्दारका लागि पुगेका सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीले सबै यात्रुलाई सकुशल निकालेका छन् । त्रिभुवन विमानस्थल प्रशासनले जहाज चिप्लिए पनि सबै यात्रु सकुशल रहेका जनाएको हो । सो जहाजमा १३३ जना यात्रु सवार थिए । उनीहरु सबैलाई जहाजबाट निकालिएको र सबै यात्रु तथा चालक दलका सदस्यहरु सकुशल रहेको विमानस्थलकाे प्रशासनले जनाएकाे छ।

उक्त घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने जहाज अन्यत्रै पठाइएको थियो भने काठमाडौँबाट उड्नुपर्ने सातवटा उडान पनि प्रभावित भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार