प्रदेश ५ मा तरुण दल कार्यकर्ता प्रशिक्षण अभियान सुरु

रुपन्देही, १० बैशाख – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको प्रदेश नम्बर ५ अन्तर्गतको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आईतबारबाट भैरहवामा सुरु भएको छ । तरुण दलले अगुवा तरुण युवाहरुलाई प्रशिक्षण लागि अभियान सुरु गरेको हो । दुई दिनसम्म चल्ने प्रशिक्षणमा पार्टीका केन्द्रीय नेताहरुले प्रशिक्षित गर्नेछन् ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री तथा नेता बालकृष्ण खाँणले पार्टीलाई सही दिशामा अगाडि बढाउदै पाँच वर्षपछि पार्टीलाई सरकारको नेतृत्वमा पुर्याउन तरुण दलको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्रशिक्षण कार्यक्रममा पाँच नम्बर प्रदेशका १२ जिल्लाका १ सय ५० भन्दा बढी अगुवा तरुण नेताहरु सहभागी रहेको नेपाल तरुण दल रुपन्देहीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार