https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

घुससहित वाणिज्य बैंकका सहायक प्रबन्धक पक्राउ

महोत्तरी, ११ वैशाख – राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखामा कार्यरत सहायक प्रबन्धक जगदिशप्रसाद काफ्ले ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको हो ।काफ्लेले बर्दिवास ९ को रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत १० लाख रुपैयाँ ऋण दिने भन्दै सो को ५ प्रतिशत घुस मागेको अख्तियारले जनाएको छ ।

यसअघि काफ्ले जिल्ला प्रहरी कार्यालय महोत्तरीले बैंकको सेवाग्राहीको खाताबाट नक्कली चेक बनाई बिभिन्न शाखाबाट ४० लाख रुपैयाँ निकालेको आरोपमासमेत पक्राउ परेका थिए ।बैंकिङ कसुर गरेको अभियोगमा काफ्लेसहित शाखाका अन्य कार्मचारीहरुमाथि मुद्दा जिल्ला अदालत महोत्तरीमा विचाराधीन रहेको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार