— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानको सिलसिलामा गठित उच्चस्तरीय छानबिन समितिले बहालवाला एसपी विकासराज खनाललाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका खनाल एक वर्षअघि त्रिभुवन विमानस्थलमा कार्यरत थिए ।
बयान सकेलगत्तै समितिको निर्देशनमा उनलाई नियन्त्रणमा लिएर नक्सालस्थित १ नम्बर गणमा पुर्याइएको थियो । छानबिन कमिटीले इटहरीमा कार्यरत डिएसपी सञ्जय राउतको पनि बयान लिएको थियो ।
राउत भने बयान नसकिँदै गृहमन्त्रालयबाट सुटुक्क बेपत्ता भएका थिए । ३३ किलो सुन तस्करी भएको आशंकामा समितिले अहिलेसम्म २० र जिल्ला प्रहरी कार्यालय मोरङले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।