आसारामलाई जन्म कैदको सजाय

— भारतका प्रखर कथावाचक तथा शक्तिशाली कथित सन्त आसारामलाई बालिका यौन हिंसाको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ । उनका अरू दुई सहयोगीलाई २०–२० वर्षको सजाय सुनाइएको छ । जोधपुर अदालतले आसाराम तथा उनका सहयोगी राजदार सिल्पी र शरदचन्द्रविरुद्धमा यस्तो सजाय सुनाएको हो । आसारामका समर्थकले अदालतको सो फैसलाका विरुद्ध विरोध जनाइरहेका छन् ।

सन् २०१३ मा भारत उत्तर प्रदेशको शाहजहाँपुरकी बालिकाले आसारामले आफूमाथि यौन हिंसा गरेको बताएपछि आसाराममाथि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । उनी अहिले पनि जेल सजाय भागिरहेका थिए । उनीमाथि अरू धेरै महिलामाथि पनि यौन हिंसा गरेको आरोप लगाइएको छ ।

७७ वर्षीय आसारामको वास्तविक नाम आशुमल थाउपल हरपलानी हो । उनका विश्वभर ४०० आश्रम सञ्चालनमा छन् भने २३ सय करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति भएको बताइएको छ । उनका आश्रममा भारतका प्रायः सबै पार्टीका नेता तथा उच्च ओहदाका व्यक्तिहरू पनि गइरहन्थे र तिनीहरू आसारामका समर्थक पनि रहेको बताइन्छ । –एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार