प्रदेश ५ को प्रदेशसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

बुटवल, १४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ । यसका लागि पर्सि प्रदशेसभाको आकस्मिक बैठक बोलाइएको छ । यसअघि २१ मा बैठक बस्ने तय भएको थियो ।प्रधानमन्त्री ओली बुद्ध जयन्तीको मूल समारोहमा सहभागी हुन लुम्बिनी आउँदै हुनुहुन्छ ।

त्यही अवसरमा प्रदेशसभालाई पनि सम्बोधन गर्ने हुनुभएको हो ।प्रधानमन्त्री ओलीले बैशाख १६ गते बिहान ९ बजे सम्बोधन गर्ने प्रदेशसभाका सचिव मानबहादुर बिकले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार