५४ जना सवार सौर्य एअरलाइन्सको विमान दुर्घटनाबाट जोगियो

कैलाली, १४ वैशाख – कैलालीको धनगढी विमानस्थलमा सौर्य एअरलाइन्सको एक विमान शुक्रबार दिउँसो दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंबाट आएको सो विमान धनगढी विमानस्थलमा अवतरण गर्नेक्रममा विमानको अघिल्लो भागमा चरा ठोक्किएको हो ।

सौर्य एअरलाइन्सको ‘९एनएएमई’ कलसाइन भएको विमानमा चरा ठोक्किएको धनगढी विमानस्थलका कन्ट्रोलर रवि यादवले जानकारी दिए । ५० जना यात्री र चालकदलका चार सदस्यसहित ५४ जना सवार विमान ६ हजार फिटमाथिबाट अवतरण गर्नेक्रममा चरा ठोक्किएको एअरलाइन्स स्रोतले जनाएको छ ।

सो विमानलाई अहिले पार्किङस्थलमा राखिएको छ । अब काठमाडौंबाट इन्जिनियरको टोली आएर परीक्षण गरेपछि उडान हुने/नहुने टुंगो लाग्ने यादवको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार