सांसदले लगाउने ‘लोगो’माथि उठ्यो गम्भीर प्रश्न

काठमाडौं, १५ वैशाख – संविधानसभा सदस्यलाई राष्ट्रिय झण्डा र देशको नाम नभएको लोगो वितरण गरिएको भन्दै कांग्रेसका पूर्वसांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन् ।

सभामुख कृष्णबहादुर महरालाई शुक्रबार ज्ञापनपत्र बुझाउँदै खतिवडाले तत्काल लोगो परिवर्तन गरी राष्ट्रिय झण्डा र देशको नाम लोगोमा राख्न सभामुखसँग माग गरे । ‘संविधान बनाएका सांसदलाई दिइएको लोगोमा न देशको झण्डा छ, न नेपाल भन्ने शब्द छ’, खतिवडाले भने, ‘एनजीओ/आईएनजीओ को हो कि संसद्को भन्ने छुट्याउन गाह्रो भयो ।’

रूपान्तरित संसद्ले संविधानसभाका सांसदका लागि विशिष्ट लोगो बनाउने निर्णय गरेको थियो । तर, सचिवालयले हचुवाका भरमा लोगो बनाएको भन्दै संविधानसभाका सदस्यले असन्तुष्टि जनाउँदै आएका छन् । – अन्नपूर्ण पोस्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार