अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा रहेका खरको छाना भएका घर हटाई घरमा जस्ता पाता लगाउन जस्ता बितरण शुरु गरेको छ । यसै आर्थिक बर्षमा छत्रदेव गाँउपालिकामा भएका खरको छानो हटाइ जस्ता पाता लगाउने निर्णय अनुसार जस्तापाता बितरण गर्न सुरु गरिएको छत्रदेव गाँउपालिकाका वडा न २ का अध्यक्ष राजेस पन्थीले बताए ।
गाँउपालिका भित्र रहेको खरको छानो भएका ३ सय ३४ घरमा वितरण गर्न सुरु भएको कार्यकर्म वडा न २ बाट सुरुगरीएकाे उनले बताए । प्रत्येक घरमा २७ पाताका दरले जस्ता दिन सुरु गरिएको छ । छत्रदेव गाँउपालिकाको कार्यपालिका तथा जनप्रतिनिधिको बैठकले गाँउपालिका भित्र रहेका ३ सय ३४ खरको छानो भएका दुखी तथा गरिव परिवारमा टिन लगाउने निर्णय गरे अनुसार जस्ता वितरण गर्न सुरु गरिएको पालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए ।
गत शुक्रबार गाँउपालिकाको वाड न. २ मा एक कार्यक्रमको आयोजना गरि जस्ता वितरण सुरु गरिएको हो । जस्ता पाउदा स्थानीयहरु खुसी देखिन्थे । सबै वडाहरुमा कार्यक्रम गरि छिटै जस्ता वितरण गरिने पालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठले बताइन् ।
कार्यक्रममा विभिन्न वडा अध्यक्ष तथा स्थानीयको उल्लेखनीय उपस्थित रहेको कार्यक्रम वडा अध्यक्ष राजेस पन्थीको अध्यक्षतामा सम्पन्न भएको थियो ।