हवाइ यात्रुको बिमा बढ्ने, एक लाख १२ डलर बनाइने

काठमाडौँ, १६ वैशाख – सरकारले हवाइ यात्रुको बिमा बढाउने ‘मन्ट्रेयल कन्भेन्सन’लाई अनुमोदन गर्न संसदमा पठाउने भएको छ । संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइकाओको मन्ट्रेयल कन्भेन्सनलाई अनुमोदन गर्ने तयारी गरेको हो ।

नेपालले मन्ट्रेयल कन्भेन्सनमा प्रतिबद्धता जनाए पनि हालसम्म संसदबाट अनुमोदन नहुँदा ६० वर्षदेखि  एउटै बिमा रकम कायम हुँदै आएको छ र हवाई दुर्घटनामा मृत्यु हुने आफन्तका परिवारले थोरै मात्र बिमाको रकम पाउँदै आएका छन् ।

संसदबाट अनुमोदन भएमा १ लाख १२ हजार १ सय डलर कम्तिमा पुनर्बिमा कम्पनीबाट क्षतिपूर्ति पाउनेछन् । हाल भने प्रतिव्यक्ति २० हजार डलर मात्रै रहेको छ ।ठूला देशहरुले वार्सा कन्भेन्सनलाई कार्यान्वयनमा लगेका छन्, जसमा बिमा रकम १ लाख ५० हजार डलर रहेको छ । तर नेपालले भने सन १९५५ को हेग प्रोटोकल कार्यान्वयनमा राखेको छ ।

‘हाम्रो ढिलासुस्तीले अनुमोदन नहुँदा पीडित परिवारलाई झन पीडा दिने काम भइरहेकाले अब तत्काल संसदमा टेबुल हुनेछ,’ मन्त्री रवीन्द्र अधिकारीले भने । अब बस्ने संसदमै यो विषयको अनुमोदन हुने दाबीसमेत मन्त्रीअधिकारीले गरे । – कारोबार दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार