अरुण तेस्रोकाे कार्यालयमा बम विस्फोट, पर्खालमा क्षति

काठमाडौं – अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला खाँदबारी-९ स्थित तुम्लिङटारमा रहेकाे अायाेजनाकाे कार्यालयमा बम विस्फोट भएको हो ।

A Nepali bomb squad member inspects a pressure cooker bomb after detonating it at the school in Kathmandu, on Tuesday, September 20, 2016. Photo: AP

जिल्ला प्रहरी कार्यालय संखुवासभाले गएराति १२ः२५ बजे अज्ञात समूहले आयोजनाको कार्यालयमा विस्फोट गराएको जनाएको छ । प्रहरीका अनुसार, विस्फोटबाट कार्यालयको दक्षिणतर्फ सामान्य क्षति भएको छ ।

‘राति १२ः२५ बजे कार्यालयको दक्षिणतर्फ बम विस्फोट हुँदा पर्खालमा सामान्य क्षति भए पनि अन्य क्षति भएको छैन’, इन्स्पेक्टर वेदप्रसाद गौतमले भने । विस्फोट कसले गरायो भन्नेबारे केही खुलेको छैन । घटनालगत्तै सुरक्षा सतर्कता अपनाइएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार