आज २५६२ औं बुद्ध जयन्ती, वैशाख शुक्ल पूर्णिमा

काठमाडौं, १७ वैशाख – आज २५६२ औं बुद्ध जयन्ती देशैभरि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आज वैशाख शुक्ल पूर्णिमाकाे दिन हाे । आजको दिन बुद्ध जन्मिएकाे विश्वास गरिन्छ र प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाकाे दिन बुद्ध जयन्ती मनाइन्छ । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त गरेका थिए ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्। यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको उल्लेख गर्दै शुभकामना व्यक्त गरेका छन्।

यसैगरी कांग्रेस सभापति शेरबहादुर देउवाले बुद्ध जयन्तीको यो पुनीत अवसरमा म बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना गर्दछु । नेपाली जनताको लामो त्याग र वलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधि मार्फत निर्माण भएको नेपालको संविधान बमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको ऐतिहासिक महत्वका निर्वाचनहरु सम्पन्न भई संविधानको सफल कार्यान्वयन भैसकेको छ र संक्रमणकालिन राजनीतिबाट मुलुकले निकास पाएको छ ।
यो ऐतिहासिक उपलब्धी पछि नेपाली जनताको अबको महत्वपूर्ण चाहना भनेको आर्थिक विकास र शान्ति नै हो । दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहेको छ । त्यसैले नेपाली कांग्रेसको पहिलो प्राथमिकता नै शान्ति हो । विगतका वर्षहरु अशान्ति र द्वन्दबाट आक्रान्त रहेको हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन सकेको छैन ।
शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रा सामु थुप्रै अवसरहरु रहेका छन् । हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्दछ । शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गरौं ! अशान्ति, हत्या र हिंसाको विरोध गरौँ । बुद्ध जयन्तीको अवसरमा यही मेरो हार्दिक शुभ–कामना व्यक्त गरेका छन्।

बुद्धको जन्म ईशापूर्व ५६३ मा अहिलेको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको बगैँचामा भएको थियो । बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी शाक्यवंशीय राजा शुद्धोधन तथा रानी मायादेवीका सुपुत्र हुन् । उनले जन्मनासाथ उत्तर तर्फ ७ कदम हिँडेर औँलालाई हावातर्फ देखाएका थिए भन्ने किंवदन्ती पाइन्छ ।

जन्मनासाथ पोखरीमा स्नान गराइएका यिनले नुहाएको पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतमकी आमा मायादेवीले भने उनी जन्मेको ७ दिनमै संसार छाडेकी थिइन् । राजकुमार सिद्धार्थ गौतमको विवाह १६ वर्षको उमेरमा यशोधरासँग भएको थियो । सिद्धार्थ २९ वर्षको उमेरमा सम्पूर्ण सुखसयल छोडेर ज्ञानको खोजीमा निस्केका थिए । अाफ्नाे कठाेर तपस्याबाट बुद्धत्व प्राप्त गरी अाफ्नाे ज्ञान संसार दिए, जसलार्इ अाज बाैद्ध धर्मकाे रूपमा मानिन्छ ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार