बैंग्लोरले मुम्बइ इन्डियन्सलाई १४ रनले हरायो, आज दिल्ली र राजस्थान भिड्ने

काठमाडौं, १९ बैशाख – इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले मुम्बइ इन्डियन्सलाई १४ रनले हराएको छ । बैंग्लोरमा गएराति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ७ विकेट गुमाएर १ सय ६७ रन बनायो ।

उसका लागि मनन भोहराले ४५ रन जोड्दा ब्रेण्डन म्याक्कुलमले ३७ रन तथा विराट कोहलीले ३२ रन जोडे । बलिङतर्फ मुम्बईका हार्दिक पाण्डेले ३ विकेट लिए । जवाफमा १ सय ६८ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रन मात्रै बनाउन सक्यो ।

मुम्बईका हार्दिक पाण्डेले ५० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले निर्णायक पारी खेल्न सकेनन् । जितसँगै बैंग्लोरले प्ले अफ्मा पुग्ने सम्भावना जिवित राख्दा मुम्बई भने दबाबमा आएको छ । आईपिएल क्रिकेटमा आज दिल्ली डेयरडेभिल्स र राजस्थान रोयल्स भिड्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार